हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट लागुऔषध कोडिवेल सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौडा–४ बस्ने ३२ वर्षीय अनिल श्रेष्ठ र सोही स्थान बस्ने २५ वर्षीय अरमान अंसारी रहेका छन् ।
पुर्वपश्चिम सडकखण्डमा अन्तर्गत बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ५७ प ३४९ नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठ र अंसारीलाई चेकजाँच गर्दा १२ बोतल लागुऔषध कोडिवेल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
लागुऔषध, मोटरसाइकल सहित दुबै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारवाहीको भइरहेको प्रहरीले जनाएको छ ।