प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा सडक बिस्तारमा सर्बोच्चले यसो भन्यो

२०८० भाद्र ५, मंगलबार ०७:२३ बजे

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडा सडक बिस्तारका बिषयमा सर्बोच्च अदालतमा परेको मुद्दामा मंगलबार पनि सुनुवाइ नहुने भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत हेटौंडाको मुख्य बजारको दायाबायाँ २५ गज भत्काउनका लाग सर्बोच्चले आदेश दिएको भएपनि फेरिपनि घरधनीहरुले सर्बोच्चमा पुनः क्षतिपूर्तिका लागि माग गर्दै मुद्दा दर्ता गरेपछि पछिल्लो दुई महिनादेखि सडक बिस्तार गर्ने डिभिजन सडक कार्यालयको योजना असफल भएको हो ।

मंगलबार(आज) पनि हेटौंडा सडकका बिस्तारको बिषयमा परेको मुद्दा हेर्न नभ्याइनेमा सर्बोच्चले राखेको जानकार आफूले पाएको डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख राजेशकुमार यादवले जानकारी दिनुभयो । उहाँले अर्बो पेशी भने सांझसम्म तोकिने र संभवतः एक साताको पेशी रहने सक्ने अनुमान गरिएको बताउनुभयो । हेटौंडाको मुल सडक दायाँबायाँ गर्ने बिषयले पछिल्लो समय चचौ पाएपनि सर्बोच्चमा मुद्दा परेपछि फेरि सडक डिभिजन कार्यालय पछाडी हटेको हो । यसअघि असार गत असार १५ गतेबाट सडक चौडा गर्ने तयारी रहेको भन्दै सडकले सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।