हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.२ चौकीटोलमा बोलेरो ठक्करबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा बकैया गाउँपालिका–७ छतिवन बस्ने साईकल यात्री ६५ बर्षीय बलराम माझी रहेका छन् ।
त्रिभुनव राजपथ अन्तर्गत भैसेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.प्र.०३–००१ च १५९७ नम्बरको कुखुरा लोड बोलेरो गाडीले साईकलमा सवार माझीलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय सञ्चारशाखाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनको हात र दाँया खुट्टामा चोट लागेको छ । उनको निको अस्पताल हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडी चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको छ ।