प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रदेश खेलकुदः पुरुष क्रिकेटको उपाधिका लागि मकवानपुर र धादिङ भिड्ने

२०७८ चैत्र ६, आईतबार १४:३६ बजे

हेटौंडा – प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा मकवानपुर र धादिङ उपाधि स्वर्णको लागि भिड्ने भएको छ । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी क्रिकेट खेलमा आज भएको पहिलो खेलमा टस जितेर बलिङ मकवानपुरले चितवनलाई ७ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

टसहारेर पहिले ब्यटिङ्ग गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १३५ को लक्ष्य दिएको थियो । मकवानपुरले १३.४ ओभरमा ३ विकेट गुमाएर चितवनले दिएको १३५ रनको लक्ष्य पुरा गरेको थियो ।

त्यस्तै, दोस्रो खेलमा धादिङले काभ्रेलाई १५५ रनले विजयी हुदैं फाइनल प्रवेश गरेको हो । टस हारेर पहिले ब्यटिङ्ग गरेको धादिङले २० ओभरमा ५ विकेट गुमाउदै १९४ रनको लक्ष्य दिएको थियो । धादिङले दिएको विशल लक्ष्य पछ्याएको काभ्रे १४.३ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमै सिमित भयो ।

धादिङ र मकवानपुरबीचको फाइनल खेल सोमबार हुनेछ ।