हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६, सरमपुरमा एक युवक मृत भेटिएका छन् । स्थानीय १७ वर्षीय शीर बहादुर रुम्बा बुधबार बिहान मृत भेटिएका हुन् ।
मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले रुम्बाको बेशी घरबाट डाँडामा रहेको अर्को घरमा जाने क्रममा लडेर मृत्यु भएको हुन सक्ने बताए । शव पोष्टमाटम पश्चात आफन्तले बुझि लिएको उनले बताए ।
घटनाको बारेमा अनुसन्धान भइरहेको उनले बताए ।