हेटौंडा – मकवानपुरको हेटौंडा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पा घर भई काठमाडौं नयाँबानेश्वर बस्ने २२ वर्षीय सनम क्षेत्री रहेका छन् ।
हेटौंडा उपमहानगरपालिका–४ फरेष्टी अगाडिबाट क्षेत्रीलाई नियन्त्रित लागूऔषध नाईट्राभेट २९ ट्याब्लेट सहित शुक्रबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । पैदल आइरहेका क्षेत्रीलाई वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।