प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुनचाँदीको मूल्य स्थिर

२०७९ जेठ १०, मंगलबार ०६:३७ बजे

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको कारोबार मूल्य स्थिर रहेको छ । तीन दिनदेखि सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ छ । जुन, जेठ ८ गते पनि यही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, हिजो ९ गते पनि सोही मूल्यमा भएको कारोबार आज पनि स्थिर रहेको छ । यसै गरी, आज चाँदीको कारोबार मूल्य पनि स्थिर छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ तोकिएको छ । जुन, पछिल्लो तीन दिनयता स्थिर मूल्य हो ।