हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिका वडा नं.४ कटुन्जेबाट ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट खटिएको प्रहरीले बुधबार बिहान स्थानीयको घरबाट १८ वटा बोरामा ५ सय ११ किलो ९०० ग्राम (५ क्वीन्टल बढी) लागुऔषध गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार स्थानीय ४२ वर्षीय राधाकृष्ण रिजाल र ३८ वर्षीय उत्तम रिजाल घरबाट उक्त परिमाणमा लागुऔषध गाँजा बरामद गरेको हो । लुकाई छिपाई राखेको अवस्थामा राधाकृष्णको घरबाट १२ बोरा ३ सय २७ किलो ८०० ग्राम र उत्तमको घरबाट ६ बोरा १ सय ८४ किलो १०० ग्राम गाँजा बरामद गरिएको कार्कीले बताए ।
उत्तमको घरबाट स्रोत नखुलेको ५५ हजार ३६५ रुपैयाँ नगद समेत बरामद गरिएको कार्कीले बताए । लागुऔषध गाँजा, नगद सहित नियन्त्रणमा लिएर दुबैमाथि अनुसन्धान भइरहेको उनले बताए ।
फाइल तस्वीर