प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको सडक बिस्तारमा न्यायलय बाधक

२०८० श्रावण २४, बुधबार ०९:४३ बजे

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडाको मुल सडकको अवस्था एकदमै नाजुक छ । छिमेकी जिल्ला बारा तथा चितवनबाट प्रदेशको रजधानी छिर्ने बित्तकै हेटौंडाको सडकको अवस्थाले ,हेटौंडा राजधानी होर भन्ने जस्तो पारिदिन्छ । सडक बिभागले निकै लामो समयदेखि हेटौंडाको सडक चौडा गर्ने तयारी गरेपनि आफ्नो स्वार्थका लागि घरधनी तथा भाडामा रहेकाहरुले सर्बोच्च अदालतमा मुद्दा दर्ता गरेपछि सडक बिभागको हेटौंडा सडक चौडा गर्ने अभियान रोकिएको हो ।

वीरगन्ज पथलैया सडकखण्ड बिस्तारमा पनि सडक बिभागले निकै ठूलो समस्या झेलेको भएपनि निकै संघर्षपछि अहिले वीरगन्ज पथलैया सडकखण्ड चौडा गरेको भएपनि वीरगन्ज,पथलैया,हेटौंडा तथा हेटौंडा नारायणघाट लगायतको मुल सडक भने सडक बिभागले सर्बोच्चकै कारण बिस्तारमा समस्या झेल्न परेको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा बजारको मुल सडक चौडा गर्ने तयारीमा रहेको सडक डिभिजन कार्यालय हेटौंडालाई फेरि सर्बोच्चले अवरोध गरेको हो ।

साउन १५ गतेबाट सडकमा डोजर चलाउने तयारी गरेको सडकका बिरुद्धमा केही हेटौंडाका घरधनी तथा ब्यवसायीहरुको नाउमा मुद्दा परेपछि साउन १६ गते सर्बोच्चले बोलायो तर फेरि हेर्न नमिल्ने मुद्दा भन्दै २१ गरेका लागि सार्यो अनि २१ गतेबाट पनि २९ गतेका लागि सारेपछि अहिले सडक डिभिजन कार्यालयका प्रमुख तथा केही कर्मचारीहरु नै काठमाडौंमा डेराडण्डा जमाएर बस्न बाध्य छन् ।

सर्बोच्चमा परेको मुद्दा चांगले सडक तत्काल बिस्तारका सवालमा हतास हुनुपर्ने अवस्था आएपनि हेटौंडामा सडक बिस्तारको बिकल्प भने नभएको डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख राजेशकुमार यादवले बताउनुभयो । हेटौंडा सहित मधेशको बारा,पर्सा लगायतका जिल्लाका सडकको अवस्था हेर्दै आइरहेको डिभिजन सडक कार्यालय हेटौंडाले न्यायलयले साथ दिएको खण्डमा भने हेटौंडा सहित वीरगन्ज लगायतका क्षेत्रको सडक चौडा कामलाई तत्काल संचालन गर्ने लक्ष्य लिएको छ ।

आफनो स्वार्थका लागि घरधनीले न्यायलयमा मुद्दा हालेपछि,मुद्दाको किनारा नलाएसम्म काम गर्न नमिल्ने भएकाले पनि सडक चौडा गर्न नपाएको र जसका कारण मुख्य राजमार्ग फराकिलो बनाउने अभियान लामो समयदेखि रोकिदा राजमार्गहरुमा सवारी साधन दुर्घटना भइ मानवीय क्षति समेत बढेको सडक कार्यालयका कर्मचारीहरुको गुनासो छ ।