प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाका एक युवक पक्राउ

२०८० असार २०, बुधबार १४:४१ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं. ८ कमानेका एक युवक लागऔषध खैरो हेराईनसहित पक्राउ परेका छन् ।

वीरगंज महानगरपालिका–१६ रजतजयन्ति चोकबाट करिब १ ग्राम खैरो हेराईन सहित २९ वर्षीय राजु राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी ईनार्वाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित मंगलबार साँझ पक्राउ गरेको हो ।

प्रहरीले राईमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।