प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ललितानिवास प्रकरण : सञ्चार मन्त्रालयका सचिव कृष्ण राउत पक्राउ

२०८० असार २४, आईतबार ११:४६ बजे

काठमाडौँ – सञ्चार मन्त्रालयका सचिव कृष्ण बहादुर राउतलाई प्रहरीले पक्राउ गरेको छ ।

बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । उनी विराटनगर जानका लागि विमानस्थल पुगेका थिए ।

माधव नेपाल प्रधानमन्त्री रहेको समयमा भौतिक योजना तथा निर्माण मन्त्रालयका शाखा अधिकृत रहेका राउत जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

२०६७ असारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका थिए ।