हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरले आगामी आर्थिक बर्षको लागि चालुआर्थिक बर्ष भन्दा ११ करोड ६४ लाख १० हजार बढी बजेट ल्याएको छ ।
नगरसभाको आइतरबार बसेको ११ औँ बैठकमा उपमेयर राजेश वानियाद्वारा आगामी आ.व.को लागि २ अर्ब ७१ करोड ९७ लाख ७२ हजार ८२० रुपैयाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।
प्रस्तुत बजेटको खर्च ब्यहोर्न आन्तरिक स्रोतबाट ९४ करोड ३६ लाख ५३ हजार ८२०, राजस्व बाडफाँटबाट ५८ करोड ९३ लाख ७० हजार, प्रदेश सरकारको अनुदानबाट ९ करोड ५८ लाख ४९ हजार, संघिय सरकारको अनुदानबाट १ अर्ब ६ करोड ९५ लाख र अन्य आय र संघसंस्थाको अनुदानबाट १ करोड ९६ लाख संकलन गर्ने अनुमान गरिएको छ ।
हेटौंडा उपमहानगरले कुल बजेटमा कार्यालय संचालन तथा प्रशासनिकतर्फ ३३ करोड ५७ लाख ८९ हजार, आर्थिक विकासतर्फ १९ करोड ६९ लाख ६६ हजार ८२०, सामाजिक विकासतर्फ ८३ करोड ६७ लाख १७ हजार, पुर्वाधार विकास तर्फ १ अर्ब ८ करोड ४२ लाख, वन वातावरण तथा विपद व्यवस्थापनतर्फ १२ करोड ६ लाख ८० हजार, सुशासन तथा संस्थागत विकासमा ७ करोड ३३ लाख ५० हजार, अन्य विविध कोषमा ९९ लाख र बागमती प्रदेश सरकारबाट हस्तान्तरित आयोजनाहरुमा ६ करोड ३ लाख ७० हजार खर्च गर्ने खर्च गर्ने योजना बनाएको छ ।