प्रहर खबर
 २०८१ जेठ ९, बुधबार    

हेटौंडामा कारले आमाछोरीलाई ठक्कर दियो

२०८१ बैशाख १९, बुधबार ०५:३९ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.४ रोयल पार्टी प्यालेस अगाडी भारतीय कारले ठक्कर दिँदा आमाछोरी घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा–१० बस्ने बर्ष ३० की लक्ष्मी स्याङ्ताङ र पछाडी सवार उनको छोरी बर्ष–११ की सुस्मिता स्याङताङ रहेकी छन् ।

हेटौंडा बजारबाट पशुपतिनगर तर्फ जादै गतेको बा.प्र.०३–००४ प ४९६७ नम्बरको स्कुटरलाई पछाडीवाट बिआर ०६ –डि जे–१११४ नम्बरको भारतीय कारले ठक्कर दिँदा आमाछोरी घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घाइते आमाछोरीको हेटाँैडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कुटर, कार र कार चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।