प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अरिङ्गालको टोकाईवाट श्रेष्ठको मृत्यु

२०८० भाद्र १३, बुधबार ०८:३८ बजे

स्याङ्जा – स्याङजाको बिरुवा गाउँपालिका-१ किचनासका २८ बर्षिया चेलिस श्रेष्ठको अरिङ्गालको टोकाईबाट मृत्यु भयको छ । मंगलवार साँझको समयमा घर नजिकै जंगलमा अरिङ्गाल पोल्न गएका श्रेष्ठलाई करिब ६०र७० वटा अरिङ्गाल टोक्दा घाईते भएका थिए ।

स्थानियको सहयोगमा घाइते श्रेष्ठलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको थियो । उपचारका क्रममा राति एक बजे श्रेष्ठको मृत्यु भृको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

अरिङ्गाल पोल्न श्रेष्ठसहित छ जना गएकोमा अन्य पाँच जनालाई केही नभएको स्थानियले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका स्याङजाका प्रहरी नायव उपरिक्षक रबिन्द् खनालले जानकारी दिए ।