प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा दुई वटा मोटरसाइकलमा एकआपसमा ठोक्कियो

२०८० श्रावण १९, शुक्रबार १५:११ बजे

हेटौंडा – मकवानपुरको थाहा नगरपालिका वडा नं.१० छुमखेलमा शुक्रबार दिउँसो दुई वटा मोटरसाइकलमा एकआपसमा ठोक्किँएको छ । चित्लाङ तर्फबाट बज्रबाराही तर्फ जाँदै गरेको बा८१ प८६६७ नम्बरको मोटरसाइकल र काठमाडौं तर्फबाट आउँदै गरेको बा ६६ प ५६७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परी ८६६७ नम्बरको मोटरसाइकल चालक थाहा नगरपालिका वडा नंं.९ चित्लाङ बस्ने ३७ बर्षीय बिनोद लामिछाने घाइते भएका छन् । उनको बाया खुट्टा र हातमा चोट लागेको छ । उनको उपचारको लागि स्टार अस्पताल काठमाडौंमा पठाईएको प्रहरीले जनाएको छ ।

लामिछानेको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुबै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने अर्को मोटरसाइकलको चालक सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।