प्रहर खबर
 २०८३ भाद्र १९, शुक्रवार    

चरेश र अफिमसहित श्रीमान–श्रीमती पक्राउ

२०८० मंसिर १७, आईतबार १६:३१ बजे

हेटौंडा – चरेश र अफिमसहित बाँकेबाट एक दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय रेवन्त राना र उनकै श्रीमती ३३ वर्षीया कबिता थापा रहेका छन् ।

कोहलपुर नगरपालिका–८ पिपिरीबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १२ केजी ७ सय ४ ग्राम र अफिम जस्तो देखिने पदार्थ २ केजी ४५ ग्रामसहित उनीहरुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले लागूऔषध कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घर, कार तथा सोही ठाउँस्थित यज्ञ रानाको खाली घरमा समेत उनीहरूले लुकाई राखेको उक्त परिमाणको लागूऔषधसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।