हेटौंडा – मदनभण्डारी लोकमार्ग अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका वडा नं.७ साततल्लेमा शनिबार बिहान इभिभ्यान आफै अनियन्त्रित भएर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
काठमाण्डौबाट धरानतर्फ जादै गरेको प्रदेश १–०२०–००१ ज ४३२८ नम्बरको इभिभ्यान आफै अनियन्त्रित भएर सडक छेउको नालामा खसेर दुर्घटना हुँदा उक्त गाडीमा सवार चालक सहित १२ जना मध्ये ३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते हुनेमा चालक धनकुटा बुद्ध नगरपालिका–१ हिले बस्ने बर्ष ५२ को देवी थापा, बर्ष ३० की प्रमिला तामाङ र काठमाण्डौ चावेल बस्ने बर्ष ४८ कि बिना तामाङ रहेका छन् । तीन जनाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य यात्रुहरु सकुशल रहेको बतार्ईएको छ ।