हेटौंडा – हेटौंडामा एक घरमा करेन्ट सर्ट भएर आगलागी हुँदा गोठ जलेर नष्ट भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नं.१४ मयुरधापमा स्थानीय ६० वर्षीय सुन कुमार तामाङको घरमा करेन्ट सर्ट भएर आगलागी हुदाँ घर नजिकै रहेको जस्ताको छानो भएको गोठ पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट एक वटा गाई घाइते भएको छ । त्यस्तै अन्नपात (मकै धान र चामल) पाँच लाख र गोठ दुई लाख गरी सात लाख बराबरको क्षति भएको मकवानपुर प्रहरी पवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।