प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मुख्य प्रशिक्षक अल्मुताइरी खेल मैदानमै ढले

२०७९ जेठ २८, शनिबार १८:१४ बजे

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मैदानमा बेहोस भएर ढलेका छन् ।अल्मुताइरी खेल चलिरहेको समायमा बेहोस भएका हुन् ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत घरेलु टोली कुवेतविरुद्धको जारी खेल दौरानका क्रममा​ अलमुताइरी मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेका छन् ।

मैदानमा अचेत भएपछि उनलाई मेडिकल टिमले प्राथमिक उपचारपछि अस्पताल लगेको छ । उनलाई अक्सिजन लगाएर अस्पताल लगिएको हो ।

अलमुताईरीलाई मुटुको समस्या रहेको बताईएको छ ।तर आधिकारिक रुपमा उनको स्वास्थ्य अवस्थाबारे एन्फाले जानकरी गराएको छैन ।