प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

२०७९ फाल्गुन २१, आईतबार ०३:२६ बजे

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार तीन खेलहरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ भने एक खेल च्यासल मैदानमा हुनेछ ।

पहिलो खेल दिउँसो २:३० बजे दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालाम हुने दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र जावलाखेलबीचको खेल साँझ ५:३०बजे सुरु हुनेछ ।

च्यासल मैदानमा हुने खेलमा न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र सातदोबाटोबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।