प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर २ को (ख)मा नेपाली कांग्रेसको अग्रता

२०७९ मंसिर ५, सोमबार १२:३१ बजे

हेटौंडा – मकवानपुरको क्षेत्र २ अन्तरगत प्रदेश सभा २ मा गठबन्धनको तर्फबाट उम्मेदवार इन्द्र बहादुर बानियाँले सुरुवाती अग्रता बनाएका छन् । २ हजार ५६१ मत गणना हुदाँ उनले एक हजार २४५ मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेदवार लालबहादुर थापामगरले भने ९३६ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उम्मेदवार बद्रीबहादुर खड्काले २०७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । बदर मत भने १०७ रहेको छ ।