प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरको खानीखोलामा तामाङ मृत फेला

२०८१ मंसिर १०, सोमबार ०९:३७ बजे

मकवानपुर – जिल्लाको थाहा नगरपालिका-८, खानीखोला क्षेत्रको बाटोछेउमा एक पुरुषको मृत शरीर फेला परेको छ।


भक्तपुर चाँगुनारायण नगरपालिका-४, बरियागाउँ निवासी ७५ वर्षीय सूर्यबहादुर तामाङ मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

मृत शरीर फेला परेको जानकारी प्राप्त भएकापछि घटनास्थलमा इलाका प्रहरी निरीक्षकको टोली दिउँसो १स्२५ बजे पुगेको थियो। प्रारम्भिक अनुसन्धानपछि मृतकका आफन्त घटनास्थलमा साँझ ५:४० बजे आएर सनाखत गरेका हुन्।

मृत शरीरको मुचुल्का तयार गरी साँझ ६:२५ बजे पोष्टमार्टमका लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।