प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

टी-ट्वान्टी विश्वकपः इंग्ल्यान्डलाई पाकिस्तानको १३८ रनको लक्ष्य

२०७९ कार्तिक २७, आईतबार १०:२३ बजे

काठमाडौं – अस्ट्रेलियामा जारी आईसीसी टी(ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले इंग्ल्यान्डलाई जितका लागि १३८ रनको लक्ष्य दिएको छ ।मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनायो ।

पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे । कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहमद रिजवानले १५ रन बनाए । शादब खानले २० रन जोड्दा मोहमद हरिस ८ रन, मोहमद वासिम ४ रन, मोहमद नवाज ३ रन, इफ्तिखर अहमेद सुन्य रन, शाहिन साह अफ्रिदी ५ रनमा अविजित रहदा हरिस राउफले अविजित १ रन बनाए ।

इंग्ल्यान्डका साम करनले ३ विकेट लिए । घातक बलिङ गरेका उनले ४ ओभरमा मात्र १२ रन खर्चिए । क्रिस जोर्डन र आदील राशिदले २÷२ विकेट लिए । बेन स्टोक्सको नाममा १ विकेट रह्यो ।

सेमिफाइनलमा पाकिस्तानले न्यूजिल्यान्डलाई ७ विकेट तथा इंग्ल्यान्डले भारतलाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

पाकिस्तान र इंग्ल्यान्ड दुवैले एक–एक पटक उपाधि हात पारेका छन् । सन् २००९ मा इंग्ल्यान्डमा भएको फाइनलमा श्रीलंकालाई ८ विकेटले पराजित गर्दै पाकिस्तानले उपाधि जितेको थियो ।

त्यसैगरी, सन् २०१० मा वेस्ट इन्डिजमा भएको फाइनलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै उपाधि चुमेको थियो ।