प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

अवरुद्ध हेटौंडा हुँदै काठमाडौं जोड्ने दुई वटा मार्ग खुल्यो

२०७९ असार १६, बिहीबार ०८:०२ बजे

हेटौंडा – वर्षाका कारण अवरुद्ध हेटौंडा हुँदै काठमाडौ जोड्ने दुई छोटो मार्गहरू सञ्चालनमा आएका छन्। हेटौंडा–भीमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत भीमफेदी गाउँपालिका–४ केराघारी र सिस्नेरी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएपछि बिहिबार विहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए । सडक पुनः सञ्चालन भएपछि सवारी साधनहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

त्यस्तै हेटौंडा हुँदै काठमाडौं जाने कान्तिलोकपथ भने अझै सञ्चालनमा आउन सकेको छैन । निर्माणकै क्रममा रहेको कान्तिलोकपथको ललितपुरतर्फ ठाउँठाउँमा पहिरो खसेको कारण सडक सञ्चालनमा आउन समय लाग्ने प्रवक्ता कार्कीले बताए ।

फाइनल तस्बिर