प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा अफिम ल्याउँदै गरेका एक युवक पक्राउ, तीन फरार

२०८० चैत्र ९, शुक्रबार ०९:३८ बजे

हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिका तर्फबाट मनहरीतर्फ लागुऔषध अफिम ल्याउदै गरेका एक युवक पक्राउ परेका छन् भने ३ जना फरार भएका छन् ।

विशेष सुचनाको आधारमा खटिएको टोलिले बिहीबार राक्सिराङतर्फबाट आउँदै गरेको वा.प्र.०३ ००५प ३१०३ र बा.००३प.९६४७ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्न खोज्दा ४ जना मध्य १ जनालाई पक्राउ गरिएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुई वटा बाईकलाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुले आफुले बोकेको झोला फालेर भागेका थिए । प्रहरीले उक्त झोलामा ९ किलो ८२० ग्राम लागुऔषध अफिम फेला परेपछि पिछ्याएको थियो । भाग्दा भाग्दै मनहरी गाउँपालिका वडा नं.७ पेन्चे वस्ने वर्ष २२ को विवेक प्रजालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फरार रहेकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।