काठमाडौं – पछिल्लो २४ घण्टामा डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको भएको छ । यससंगै हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै सोही अवधिमा १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको मन्त्रालयले जनाएको छ ।