प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

करेन्ट लागेर कञ्चनपुरमा एक पुरुषको मृत्यु

२०८० माघ २८, आईतबार १९:१४ बजे

कञ्चनपुर – कञ्चनपुरमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। बैतडीको डिलासैनी गाउँपालिका –२ का २८ वर्षीय भरत विष्टको कृष्णपुर नगरपालिका–२ बाणीमा मृत्यु भएको हो।

विष्ट घर निर्माण गर्ने क्रममा अचानक बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घाईते भएका विष्टको उपचारकाक्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।