प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मनोयन दर्ता अन्तिम दिन: मकवानपुरमा विभिन्न पदमा २ सय ५५ जनाको उम्मेदवारी दर्ता

२०७९ बैशाख १२, सोमबार ०८:३९ बजे

हेटौंडा – स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता अन्तिम दिन । मकवानपुर जिल्लाको १० वटा स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।

आज दिउँसो १ बजेसम्ममा मकवानपुरमा प्रमुखमा ९ र अध्यक्षमा १५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै उपप्रमुखमा ३ र उपाध्यक्षमा ४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यसैगरी जिल्लामा ६८ जनाले वडाध्यक्षमा, महिला वडासदस्यमा ८४, दलित महिला वडासदस्यमा ४२, वडासदस्यमा ३० जनाले उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । आयोगका अनुसार मकवानपुरका १० स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न पदमा २ सय ५५ जनाको उम्मेदवारी दर्ता भएको छ ।उम्मेदवारको मनोयन दर्ता आज अपराह्न ५ सम्म तोकिएको छ ।