प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरका स्याङतान प्रहरीको नियन्त्रणमा

२०७९ भाद्र २१, मंगलबार १४:५१ बजे

हेटौंडा – लागूऔषध गाँजाको धुलो सहित मकवानपुरका एक युवक पक्राउ परेका छन् । काठमाडौं चन्द्रागिरी नगरपालिका–६ बाट ४ किलोग्राम लागूऔषध गाँजाको धुलो सहित मकवानपुर थाहा नगरपालिका–७ घर भएका ३७ वर्षीय जित बहादुर स्याङतानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बागमती प्रदेश ०२(०३०प ५२०५ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।