प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बकैया गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)

२०७९ असार १०, शुक्रबार १६:३९ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०७९–०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार गाउँपालिकाको ८ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले सार्वजनिक गरेको नीति तथा कार्यक्रमा भूमिहिन नागरिकलाई भूमि र लालपुर्जा दिनेदेखि कृषि तथा पशुपालन,पर्यटन, खेलकुद लगायत क्षेत्रलाई प्राथमिकता दिईएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष खत्रीले गाउँपालिकामा करिब ६० प्रतिशत घरधुरीसंग आफ्नो जग्गा प्रमाण पुर्जा प्राप्त नभएको, नापनक्सा समेत नभएको ऐलानी जग्गा भएको र त्यस्ता जग्गाको तथ्यांक संकलन समेत भइसकेको तथा वडा नंबर ५ र ६ मा नापीसक्साको कार्य भईरहेकोमा सबै वडाहरुमा नापीनक्सा गरी न्युनतम क्षेत्रफलको जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन स्थानीय तहको तर्फबाट तिब्र प्रकृया अगाडी बढाईने तथा सो का लागि सम्बन्धित निकायमा आवश्यक पहल गरिने बताए ।

नीति तथा कार्यक्रममा गाउँपालिकामा कृषि तथा पशुपालन क्षेत्रको विकास गर्न अनुदानको कार्यक्रमहरुलाई निरन्तरता दिँदै कृषिजन्य तथा पशुजन्य उपजको सहज बजार पहुँचलाइ सुनिश्चित गराउन आवश्यक कार्यक्रमहरु ल्याईने जनाईएको छ ।

गाउँपालिकालाई कृषि उपजहरुमा आत्मनिर्भर बनाउँदै लैजान प्रोत्साहनको कार्यक्रमहरु ल्याईने नीति तथा कार्यक्रममा जनाईएको छ । यसैगरि,नीति तथा कार्यक्रममा गाउँपालिकामा पर्यटकीय क्षेत्रहरुको पहिचान गर्दै पर्यटन प्रवद्धन गर्न पर्यटन गुरुयोजना निर्माण गरिने उल्लेख गरिएको छ ।

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ यहाँ क्लिक गर्नुहोस ।