प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा बसपार्कबाट तामाङ र ठाकुर पक्राउ

२०८१ बैशाख २६, बुधबार १३:२७ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० बसपार्कबाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.१ सानो भाबर बस्ने बर्ष–१९ को बिजय तामाङ र रौतहट बृन्दाबन नगरपालिका वडा नं.१ बस्ने बर्ष–३५ को धर्मेन्द्र ठाकुर रहेका छन् ।

मंगलबार चितवनबाट वीरगञ्जतर्फ जादै गरेको ना.६ख ३५५७ नम्बरको बसलाई हेटौंडा–१० बसपार्कमा रोकेर चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा तामाङ र ठाकुरको साथबाट ५ किलोग्राम लागुऔषध गाजाँ बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

उक्त गाँजा सहित दुबै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाएको छ ।