हेटौंडा – भोली चितवन निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधीसभा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनलाई मध्यनजर गर्दै भोली आइतबार चितवन प्रवेश गर्ने अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई प्रवेशमा रोक लगाईएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुर हुँदै चितवन प्रवेश गर्ने अत्यावश्यक एम्बुलेन्स, दमकल लगायतका सवारी बाहेक अन्य सवारीलाई आइतबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म रोक लगाईएको हो ।
मकवानपुर भएर चितवनतर्फ जाने अत्यावश्यक सवारी साधन बाहेक माल बाहक तथा यात्रुबाहक सवारी साधनहरुलाई सुरक्षित स्थानमा रहन जिल्ला ट्राफिक कार्यालय मकवानपुरले आग्रह गरेको छ । सुरक्षित स्थानमा सवारी राखेर बेलुका ६ बजेपछि मात्रै गन्तव्यतर्फ जान अनुरोध गरेको हो ।