प्रहर खबर
 २०८१ जेठ ४, शुक्रबार    

हेटौंडामा पेस्तोल र २० राउण्ड सहित ३ जना पक्राउ

२०८० मंसिर २३, शनिबार १०:०३ बजे

हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल र गोली सहित तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नं.४ हुप्राचौरस्थित एक घरको कोठाबाट सेमी अटो मेटिक  पेस्तोल  १ थान र गोली २० राउण्ड सहित ३ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

यही मंसिर १८ गते हेटौंडा–९ धर्मपथस्थित सुर्य प्रसाद पौडेलको घरमा पटका पड्केको जस्तो आवाज आएपछि १९ गते बिहान उनको घरको वरीपरी गोलीको खोका जस्तो बस्तु फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रहरीका अनुसार अनुसन्धानको क्रममा प्रहरीले उक्त घरको पिलर, बिम, रेलिङवालमा गोली लागेको जस्तो दाग फेला परेको थियो । प्रहरीले नजिकै रहेको प्रगति स्कुल अगाडीको सडकमा १ राउण्ड गोली समेत फेला परेको थियो ।

पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा शनिबार आज दिउँसो २ पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।