प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा घरबाट निस्केकी शर्मिला मृत भेटिइन्

२०८१ मंसिर २३, आईतबार १९:४१ बजे

हेटौंडा – मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३, छुरिगाउँ निवासी ५० वर्षीया शर्मिला डिम्डुङग मृत अवस्थामा फेला परेकी छिन्। मंसिर २२ गते कुलेखानी जान्छु भनी घरबाट निस्केकी डिम्डुङग बेलुका सम्म घर नफर्किएपछि परिवारले खोजी थालेका थिए।

खोजतलासका क्रममा इन्द्रसरोवर गाउँपालिका–४, पौवा स्थित डाँडाबाट करिब ५० फिट तल पौवाखोलामा खसेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनाको जानकारी २३ गते दिउँसो १ः०० बजे फाखेल प्रहरी चौकीलाई प्राप्त भएको थियो। प्राप्त सूचनाको आधारमा प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

घटनाको कारण बारेमा थप विवरण आउन बाँकी छ भने प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।