हेटौंडा – पिकअप गाडीले अटो रिक्सालाई ठक्कर दिँदा अटो रिक्सा चालकको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा बुद्धशान्ति–७ का अटो चालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको हो ।
बुद्धशान्ति–४ स्थित मेची राजमार्गमा २ च २०६३ नंको पिकअपले मे १ ह ४६४४ नंको अटोलाई सोमबार पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उक्त दुर्घटनामा अटोमा सवार दुई जना घाइते भएका थिए। चालक खड्कासँगै मेचीनगर–७ की १८ वर्षीया बिना सेञ्चुरी र मेचीनगर–४ की ३२ इन्दिरा राई घाइते भएका थिए। घाइते भएका उनीहरूमध्ये अटो चालक खड्काको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।