प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राप्तीमा रुखबाट लडेर एक जनाको मृत्यु

२०८० माघ ९, मंगलबार १९:२७ बजे

हेटौंडा – चितवनको राप्ती नगरपालिका वडा नं.२ मा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मिलन टोल बस्ने ५८ बर्षीय रत्न बहादुर प्रजा रहेका छन् ।

बागमती प्रदेश प्रहरीका अनुसार स्थानीय शिबशक्ति सामुदायिक वनमा सन्दनको रूखमा चढी घाँस काट्ने क्रममा उनी लडेर गम्भीर घाइते भएका थिए । उनको जंगलबाट उद्धार गरी उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।