हेटौंडा – सिन्धुलीको एक विद्यालयमा ‘ज्याभ्लिङ थ्रो’ अभ्यासका क्रममा छात्रमाथि भाला रोपिएको छ । सिन्धुली तिनपाटन
गाउँपालिका वडा नं.५ स्थित श्री मा.वि. मझुवा दोभानका कक्षा ६ मा अध्यनरत १० बर्षीय संगित बम्जन टाउकोमा भाला रोपिदा घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोही विद्यालयको कक्षा ११ मा अध्यनरत १८ बर्षीय रित बहादुर थापाले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको लागि अभ्यास गर्ने क्रममा भालाले कब्बड्डी खेलको अभ्यास गरिरहेका बम्जन टाउकोमा लागेको हो । घाइते बम्जनको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।