प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

रूपन्देही बस दुर्घटनामा मृत्यु हुनेको सनाखत

२०७९ जेठ २२, आईतबार ०८:३७ बजे

हेटौंडा – रुपन्देहीको रोहिणी गाँउपालिका ३ मा आज बिहान बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने चालक सहित २४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भएका मध्ये बुटवल ६ का ४० बर्षीय अरविन्द शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ का अन्दाजी ५६ बर्षीय विष्णु पौडेल, रौतहटको चन्द्रनिगाहपुर बस्ने अन्दाजी २० बर्षीय दिनेश दास, बुटवल ११ कालिकानगरका अन्दाजी ४१ बर्षीय कृष्ण प्रसाद बस्याल, ओमसतिया गाँउपालिका ४ का अन्दाजी ६५ बर्षीय राजेन्द्र पाण्डे , रुपन्देहीको तिलोत्तमा नगरपालिका ८ की ३७ वर्षीया तुल्सी बस्याल र बुटवल ६ का ५० वर्षीय नागेन्द्र शर्माको सनाखत भएको छ । २ जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिएका छन् ।

जनकपुरबाट भैरहवातर्फ आउदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान साढे ४ बजे अनियन्त्रित भएर रोहिणी पुलबाट तल खसेको थियो । दुर्घटनामा चालक सहित घाइते भएका सबैलाई उपचारको लागी भैरहवा स्थित युनिभर्शल कलेज अफ मेडिकल साइन्स अस्पताल पठाइएकोमा उपचारकै क्रममा ९ जनाको मृत्यु भएको हो । घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।