हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपि शर्मा ओलीले माओवादी केन्द्र ठेकीको बिर्को भएको बताए । अध्यक्ष ओलीले हेटौंडाको हुप्राचौरमा आयोजित बृहत आमसभालाई सम्बन्धनको क्रममा ठेकीको बिर्को उठाउदा नेकपा माओवार्दी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको याद आएको बताए ।
“मैले यहाँ ठेकी उपहार पाएँ, मैले ठेकीको बिर्को उचाले मलाई के लाग्यो भने प्रचण्डको पार्टी ठेकीको बिर्को जस्तै लाग्यो,” उनले भने,“नाम पनि माओवादी केन्द्र छ माथि केन्द्र, ठेकीभित्र केही छैन कार्यकर्ता यता आइसके, प्रचण्डको सानो गिह्रो छ बिर्को मात्रै, ठेकीको बिर्को उठाउँदा खेरी प्रचण्डको अनुहार सम्झे ।” अध्यक्ष ओलीले प्रचण्डको पार्टीको कुनै उदेश्य र गन्तब्य नरहेको समेत आरोप लगाए ।