प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ

२०८० श्रावण २५, बिहीबार १३:३८ बजे

काठमाडौं – महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । दैलेख महाबु गाउँपालिका२ घर भएका ३९ वर्षीय तुलाराम सारूलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

पसलमा सामान खरिद गर्ने क्रममा चिनजान भएकी महिलाको सिम कार्ड आफूसँग सिम नभएको बहानाएर सारूले लिएका थिए । उनले फेसबुकमार्फत महिलालाई साथी बनाएर विवाह गर्ने प्रलोभनमा पारी म्यासेन्जरमार्फत अश्लिल भिडियो तथा तस्बिरहरू रेकर्ड गरी दुःख हैरानी दिएरको प्रहरीले जनाएको छ ।

प्रोफाइल ब्लक गरेपछि समेत नक्कली फेसबुक प्रोफाइलबाट पीडित महिलाको आफन्त तथा साथीभाइहरूलाई पठाइ चरित्रहत्या गरेको खुल्न आएपछि साईबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा उनलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।