प्रहर खबर
 २०८३ श्रावण ९, शनिवार    

राक्सिराङमा गठबन्धनको अग्रता

२०७९ बैशाख ३१, शनिबार १४:२४ बजे

हेटौंडा  – मकवानपुरको राक्सिराङ गाउँपालिका –१ मा ५०० गणना हुँदा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार राजकुमार मल्लले अग्रता लिएका छन् । उनले २७४ मत पाएक छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका बाबु लाल स्याङ्तानले १८४ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा भने नेकपा एमालेकी सुन्तली माया चोपाङले १८९४ मत पाएकी छन् भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी बनस्तम थिङ २११ मत ल्याएकी छन् ।

त्यसैगरी १ नम्बर वडाको वडाअध्यक्षमा एमालेका बबि राम मोक्तानले १७७ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका सिंह राम ब्लोन १५८ र माओवादी केन्द्रका जोममान थिङले १४७ मत पाएका छन् ।

राक्सिराङ -१को ५०० मत गणना गर्दा
अध्यक्ष पदमा
एमाले (सुर्य) :- १८४
काङ्ग्रेस (रुख) :- २७४
जसपा (छाता) :- २
ए. समाजवदी (कलम) :- ५
उपाध्यक्ष पदमा
एमाले (सुर्य) :- १८९
माओवादी (हसिया हतौडा) :- २११
ए समाजवादी (कलम) :-
१ नम्बर वडा अध्यक्ष पदमा
एमाले (सुर्य) :- १७७
काङ्ग्रेस (रुख) :- १५८
माओवादी (हसिया हतौडा) :- १४७