प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध

२०७९ बैशाख २७, मंगलबार ०३:२८ बजे

हेटौंडा – मकवानपुर प्रशासनले बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आज राती १२ बजेबाट जिल्लाभर मादक पदार्थको सेवन तथा विक्रि वितरणमा रोक लगाउने भएको छ ।

एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यलय मकवानपुरले बैशाख ३० गतेसम्म जिल्लाभर मादक पदार्थको सेवन तथा विक्रि वितरणमा रोक लगाईएको जनाएको छ । यसैगरि, मतगणनास्थलको ५ सय मिटर आसपास क्षेत्रमा मतगणनाको कार्य सम्पन्न नहुँदासम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाएको सूचनामा जनाईएको छ ।

mk jipraka