हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेक प्वाईन्टबाट अबैध कपडा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका–४ बस्ने वर्ष अन्दाजी ३५ को अर्जुन कर्मकार रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८००१नम्बरको यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा बसको डिकिबाट भन्सार छलि गरेर ल्याएको कुर्तासेट १२० थान र टप्स ४९ थान बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले बसबाट उक्त कपडा बरामद गरेपछि सोही बसकै सहचालक कर्मकारलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । उक्त बरामद गरिएको कपडा एक लाख मुल्य बराबरको रहेको प्रहरीको अनुमान छ ।
फाइल तस्वीर