प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाको एक घरमा आगलागी हुँदा ६ लाख बराबरको क्षति

२०८० पौष १२, बिहीबार १०:३४ बजे

हेटौंडा – मकवानपुरको हेटौंडामा एक घरमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ।

हेटौंडा उपमहानगरपालिका वडा नंं१६ पानीसरामा बुधबार दिउँसो स्थानीय मान बहादर थिङको कच्ची घरमा आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उक्त घरमा परिवारका सदस्य नभएको समयमा आगलागी भएको हो । नगद ३ लाख, कत्ताकपडा र अन्नपात गरी ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।