प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा अमेरिकन डलर देखाएर ठगी गर्ने भण्डारी पक्राउ

२०८१ बैशाख १८, मंगलबार २०:०२ बजे

हेटौंडा – मकवानपुर प्रहरीले अमेरिकन डलर देखाएर नेपाली रपैया ठगि गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३५ को डिल बहादुर भण्डारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवापनुरका अनुसार मंगलबार बिहान रौतहट गुजरा नगरपालिका–२ घर भई हाल भरतपुर महानगरपालिका–१० नारायणघाट बस्ने बर्ष ३८ को खेमराज पौडेललाई भण्डारीले आफुसित ४१ हजार ०५० रुपैयामा साट्नु पर्यो भनेर हेटौंडा उपमहानगरपालिका–१२ आल्दमारस्थित भाईरल पुलमा बोलाएका थिए ।

सुचना प्राप्त हुनसाथ उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले भण्डारीलाई रितपुर्वक खानतलासी गर्दा उनको साथबाट अमेरिकन डलर ५० को ९ थान, नेपाली २० को ५८० थान, मोबाईल ४ थान, बागमती प्रदेश ०२–०४९ प ३१२५ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त डलर, नेपाली रुपैया, मोटरसाइकल सहित भण्डारीलाई नियन्त्रणमा लिएर ठगि उद्योग कसुरमा मकवानपुर जिल्ला अदालतबाट ५दिनको म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
.