हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.७ देवी वन टोलबाट ९ जना जुवाडे पक्राउ परेका छन् । बिहिबार स्थानीय गोकुलनाथ पौडेलको घरमा नगद हार जित हुने गरी जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–८ बस्ने अजय खड्का, हेटौंडा–७ बस्ने रुपक चौलागाई, हेटौंडा–७ बस्ने बिरेन्द्र खत्री, हेटौंडा–८ बस्ने मंदिप पौडेल, हेटौंडा–१५ बस्ने ओम घलान, हेटौंडा–७ बस्ने गोकुल नाथ पौडेल, हेटौंडा–८ बस्ने रोहित कुमार के.बी., हेटौंडा– ८ बस्ने भरत तितुङ र हेटौंडा– ७ बस्ने सबिन चौलागाई रहेका छन् ।
उनीहरुको साथबाट नगद ४ लाख ६५ हजार ३९० रुपैयाँ र ४ चार बुक तास बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।