हेटौंडा – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । भीमफेदी–कुलेखानी–काठमाण्डौ सडक खण्डमा बाराबाट काठमाण्डौ तर्फ जादै गरेको मधेश प्रदेश ०४–००१ च ०१४० नम्बरको माछा बोकेको गाडी आफै अनियन्त्रित भएर दुर्घटना हुँदा ३ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
घाइते हुनेहरुमा गाडी चालक पर्सा वीरगञ्ज महानगरपालिका–१९ विभाद बस्ने २२ वर्षिय धनेश राम, सहचालक बारा कलैया नगरपालिका–१६ मझैलिया सोरा बस्ने २७ वर्षिय छोटेलाल मोहरा र ४५ बर्षीय तपसी मोहरा रहेका छन् । घाईते ३ जनाको काठमाडांैस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
योद्धा गाडी सडकबाट अनियन्त्रित भएर करिब ४० मिटर तल खसेको थियो । गाडी घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।