प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा लागुऔषध सहित दुई जना पक्राउ

२०८० माघ ८, सोमबार १६:०६ बजे

हेटौंडा – मकवानपुरको थाहा नगरपालिका वडा नं.८ दामगडेबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रसुवा पार्वतीकुण्ड गाउँपालिका–५ घर भई हाल थाहा नगरपालिका–९ नारायणहिटी बस्ने २७ बर्षीय प्रभात घले र थाहा नगरपालिका–३ दमकी घर भई हाल वडा नं.६ बज्रबाराही बस्ने ३२ बर्षीय रण बहादुर थिङ रहेका छन् ।

सोमबार दामगडेस्थित भित्री सडकखण्डमा गल्छीबाट पालुङतर्फ आउँदै गरेको बा १५ च ३९२९ नम्बरको बोलेरो चेक जाँच गर्दा दुईवटा बोरामा ५० किलो लागुऔषध गाँजा सहित चालक घले र थिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त गाँजा, बलेरो गाडी सहित दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।