प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

लागुऔषध सहित दुई युवक पक्राउ

२०७९ कार्तिक २३, बुधबार ११:३७ बजे

हेटौंडा – प्रहरीले काठमाडौं र बाँकेबाट दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको छ ।

काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरोहेरोइन १ ग्राम ३ मिलिग्राम सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका–४ घर भएका २६ वर्षीय एन्जल उप्रेती रहेका छन् ।

विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३(००१ ख १२०६ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा खल्तीभित्र लुकाइ ल्याउँदै गरेको लागूऔषध खैरोहेरोइन उप्रेतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बाँके खजुरा गाउँपालिका–१ बिरपुरबाट अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय दिलिप खनाल रहेका छन् । ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित उनलाई पक्राउ गरिएको हो ।