प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

माओवादी कार्यकर्ताले लखेटेको कांग्रेस कार्यकर्ता प्रहरी चौकी छिरेपछि...

२०७९ बैशाख २२, बिहीबार ०८:२२ बजे

हेटौंडा – नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलका कार्यकर्ताहरूले रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ नुवाकोटमा प्रहरी चौकी तोडफोड गरेका छन् । कांग्रेस कार्यकर्तालाई प्रहरीले संरक्षण गरेको भन्दै वाइसिएलले प्रहरी चौकी नै तोडफोड गरेका हुन् ।

बुधबार रातिबाट त्रिवेणी गाउँपालिका– ९ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको थियो । झडपको क्रममा कांग्रेस कार्यकर्तालाई माओवादीका कार्यकर्ताले लखेटेका थिए । लखेट्दै लगेको कांग्रेस कार्यकर्ता प्रहरी चौकी छिरेपछि माओवादी कार्यकर्ताले संरक्षण गरेको भन्दै तोडफोड वाइसिएलले प्रहरी चौकी नै तोडफोड गरेका हुन् ।

न्युज २४ नेपालबाट